जलसम्पदाः
-> जल भनेको पानी हो । यहि पानी र पानीबाट प्राप्त हुने वस्तु जल सम्पदा हो । अर्को शब्दमा कुनै पनि देशको जल, जलस्रोतको क्षेत्र, जलभण्डार र जलमा पाइने जैविक र अजैविक जलसम्पदा प्राणी, तत्त्वहरु तथा वनस्पतिको समष्टिलाइ नै जलसम्पदा भनिन्छ ।
-> जलसम्पदाको दृष्टिले नेपाल एसियाको पहिलो हो भने विश्वमा व्राजिल पछिको धनि देश हो ।
-> नेपालम करिव ६००० नदिनाला रहेका छन् त्त्यसमा ११ कि.मि. भन्दा लामा १००० र १६० कि.मि. भन्दा लामा १०० वटा नदिनाला रहेका छन् ।
-> नेपालमा जम्मा नदिको लम्बाइ करिब ४५००० कि.मि. रहेको छ जसले कुल क्षेत्रफलको २.५ प्रतिशत क्षेत्रफल ओगटेको छ ।
आर्थिक विकासमा जलसम्पदाको भुमिका
क) जलविधुत उत्पादन निर्यातबाट आयआर्जन गर्न सकिन्छ ।
ख) जलव्यावसाय संचालन र जल पर्यटन प्रवर्द्धन गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
ग) उद्योग व्यापार संचालनमा सहजता प्रदान गर्ने ।
घ) कृषि व्यावसायमा नियमित सिंचाइ उत्पादनमा अभिवृद्धि र मत्त्यपालनको प्रवर्द्धन गरी आय आर्जन गर्न सक्दछन् ।
नदीको आधारमा नेपालको विभाजन
-> नेपालका नदिहरुको वहाव क्षेत्रको आधारमा नेपाललाइ तीन भागमा विभाजन गरिएको छ ।
क) कोशी प्रदेश
-> पूर्वमा कञ्जनजंघादेखी पश्चिममा लामटाङ हिमाल विचमा कोशी नदी प्रभावित क्षेत्रलाइ कोशी प्रदेश भनिन्छ । कुल लम्वाइ झण्डै ७२० कि.मि. भएको यो नदिको वहाव क्षमता लगभग १५६४ घन मिटर प्रति सेकेण्ड रहेको छ ।
ख) गण्डकी प्रदेश
-> पूर्वमा लामटाङ हिमालदेखी पश्चिममा धौलागिरी हिमाल बीचमा गण्डकी नदि प्रभावित क्षेत्रलाइ गण्डकी प्रदेश भनिन्छ । कुल लम्बाइ झण्डै ३३२ कि.मि. भएको यो नदिको वहाव क्षमता लगभग १७१३ घनमिटर प्रति सेकेण्ड रहेको छ ।
ग) कर्णाली प्रदेश
-> पूर्वमा धौलागिरी हिमालसम्म पश्चिममा व्यास हिमालसम्मको विचको कर्णाली नदि प्रभावित क्षेत्रलाइ कर्णाली प्रदेश भनिन्छ । कुल लम्बाइ ५०७ कि.मि. रहेको यस नदिको झण्डै १३१६ क्युविक मिटर प्रतिसेकेण्ड रहेको छ।
जलप्रवाहका आधारमा नेपालका नदिहरको वर्गीकरण
क) पहिलो स्तरका नदि
-> हिमालय क्षेत्रको हिउँ पग्ली उत्त्पत्ति भएको स्थायी प्रकृतिका नदिहरुलाइ पहिलो स्तरका नदिहरु भनिन्छ । सप्तकोशी, सप्तगण्डकी, र कर्णाली नदिहरु हुन् ।
ख) दोश्रो स्तरका नदि
-> महाभारत पर्वत श्रृङ्गखलाबाट उत्त्पति भइ बहने मेची, कन्काइ, कमला, वाग्मती, राप्ती, तिनाउ, आदि दोश्रो स्तरका नदिहरु हुन् । दोश्रो स्तरका नदिहरु विधुत उत्त्पादनका लागी उपयुक्त नभए पनि सिंचाइका लागी महत्त्वपूर्ण मानिन्छ ।
ग) तेश्रो स्तरका नदि
-> चुरे पर्वतबाट उत्त्पत्ति भएका यी नदिहरु अति छोटो दुरीका र अस्थायी प्रकृतिका हुन्छन् । हिउँदमा प्रायः सुख्खा रहने भए तापनि वर्षामा ठुलो रुपमा बहने गर्दछन् ।
नेपालमा जलविधुत विकासको सम्भावना
-> जलस्रोतको हिसाबले ब्राजिलपछिको धनि देश हो नेपाल । यहा साना ठुला गरी झण्डै ६००० नदिनालाहरु रहेका छन् भने तिनिहरुको कुल लम्बाइ ४५००० कि.मि. छ । २ लाख २ हजार मिलियन क्यविक मिटर जलभण्डार क्षमता भएको नेपालका नदिनालाबाट करिब ८३००० मेगावाट जलविधुत उत्त्पादन गर्ने क्षमता रहेको बुझिन्छ ।नेपालमा जलविधुत विकासको सम्भाव्यता निम्नानुसार रहेको छ ।
क) नेपालको भु -भाग करिब ५९ मि. देखी ८८४८ मि. सम्मको उचाइमा फैलिएको कारण जलविधुत विकासको क्षमता अत्त्याधिक रहेको छ ।
ख) नेपालमा निजि क्षेत्रलाइ जलविधुत उत्त्पान प्रशारण गर्न पाउने गरी कानुनी व्यवस्था गरिएको छ ।
ग) नेपालले जिलविधुत विकासमा विदेशी सहयोग प्राप्त गरिरहेको छ ।
घ) जलविधुत विकासमा सस्थागत र नीतिगत व्यवस्थाहरु गरिएको ।
ङ) चालु योजनामा बजेट संघ, प्रदेश र स्थानीय तहको प्राथमिकताको क्षेत्रमा परेको ।
च) दुई विशाल छिमेकमा जलविधुतको माग बढ्दै गएको र नेपालमा जलविधुत उत्त्पादनमा उनीहरु इन्छुक रहेको ।