गोरखापत्रमा छापिएका बस्तुगत प्रश्नोत्तरहरु

2022-12-07

१. मधेश प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपलिका कुन हो ?
सुरुङ्गा
सप्तरीको सुरुङ्गा नगरपालिका वि.सं. २०७९ मङ्सिर १४ मा बालविवाहमुक्त नगरपालिका घोषित भएको । 
नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका–२०७९ मा उल्लिखित ९० प्रतिशतभन्दा बढी अङ्क हासिल भएपश्चात् बालविवाहमुक्त नगर घोषणा गरिएको । 
नगरमा विवाहका घटनाको तथ्याङ्क तथा अभिलेख चुस्तदुरुस्त राखेको हुनुपर्ने, बालसंरक्षण संयन्त्र बनेको हुनुपर्ने र नीति बनाएर लागू गरेको हुनुपर्ने, सबै बालबालिकाको अनिवार्य जन्मदर्ता गरेको हुनुपर्नेलगायतका १४ वटा सूचकको आधारमा नगरपालिकालाई बाालविवाहमुक्त घोषणा गरिएको ।
२. मिस अर्थ–२०२२ को उपाधि चुम्ने सुन्दरी को हुन् ?
  मीना स्युचोई (दक्षिण कोरिया)
फिलिपिन्सको मनिलामा आयोजित मिस अर्थ प्रतियोगितामा विभिन्न राष्ट्रका ८६ प्रतिस्पर्धीलाई पछि पार्दै स्युचोईले सो उपाधि जितेकी ।
प्रतियोगितामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले प्रतियोगिताको सबटाइटल इको भिडियो विधाको उपाधि जितेकी । इको भिडियोमा नेपालको वातावरणीय चुनौती तथा जलवायु परिवर्तनका कारण पग्लँदै गएको हिमालको मुद्दा उठाइएको ।
३. चीनका पूर्वराष्ट्रपति जियाङ जमिनको निधन कहिले भएको हो ?
सन् २०२२ नोभेम्बर ३०
४. भारती खरेल स्मृति पुरस्कार–२०७९ कसलाई प्रदान गरियो ?
  प्रा.डा. वासुदेव त्रिपाठी
पुरस्कार समर्पण कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेललाई साहित्य सिर्जना क्षेत्रमा सम्मानपत्र र नगद राशि ५१ हजार रुपियाँसहित ‘भारती खरेल स्मृति पुरस्कार–२०७७ प्रदान गरिएको ।
त्यसैगरी समाजसेवाका लागि वरिष्ठ समाजसेवी श्रीमती अनुराधा कोइरालालाई भारती खरेल स्मृति पुरस्कार–२०७८ प्रदान गरिएको ।
५. विश्वकप फुटबलको पहिलो महिला रेफ्री को हुन् ?
स्टेफनी फ्रापर्ट (फ्रान्स)
फ्रापर्ट कतारमा आयोजित विश्वकपअन्तर्गत जर्मनी र कोस्टारिकाबीचको खेल सञ्चालन गरेर विश्वकप फुटबल प्रतियोगिताको पहिलो महिला रेफ्री बनेकी । 
फ्रापर्टले कतार विश्वकप छनोट र च्याम्पियन्स लिग पनि खेलाएकी ।
विश्वकपमा पहिलो पटक फ्रापर्टसँगै जापानकी यामासिटा योसिमी र रुवान्डाकी सलिमा मुकान्साङ्गा रेफ्रीका रूपमा कतारमा रहेका । कतार विश्वकपमा कुल ३६ जना रेफ्रीमध्ये फ्रापर्ट, यामासिटा र सलिमाबाहेक अन्य सबै पुरुष रेफ्री रहेका । 
६. पूर्वी नवलपरासीस्थित नारायणी नदीमा दुर्लभ जलचर डल्फिन कहिले देखिएको हो ?
  वि.सं. २०७९ मङ्सिर (सन् २०२२ नोभेम्बर)
कावासोती नगरपालिकाको दक्षिणमा रहेको अमलटारी क्षेत्रनजिक नदीमा डल्फिन देखिएको । 
नारायणी नदीमा सन् २०१८ मा पहिलो पटक डल्फिन देखिएको । 
७. नेपालमा कफी दिवस कहिले मनाइन्छ ?
  मङ्सिर १
८. सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आ.व. २०७८÷७९ को अन्त्यसम्म नेपालको वैदेशिक ऋणमा बहुपक्षीय दातृ निकायको हिस्सा कति रहेको छ ?
८७.१९ प्रतिशत
नेपालको वैदेशिक ऋणमा बहुपक्षीय दातृ निकायको हिस्सा घट्दो र दुईपक्षीय दातृ निकायको हिस्सा बढ्दो अवस्थामा रहेको छ । आ.व. २०७८÷७९ मा कुल वैदेशिक ऋणमा बहुपक्षीय दातृ निकायको हिस्सा ८७.१९ प्रतिशत छ । 
नेपालको वैदेशिक ऋणमा बहुपक्षीय दातृ निकायको हिस्सा २०७१/७२ मा ८९.९९ प्रतिशत थियो ।
आ.व. २०७८/७९ सम्म कुल वैदेशिक ऋणमा दुईपक्षीय दातृ मुलुकको हिस्सा १२.८१ प्रतिशत रहेको । आ.व. २०७१/७२ मा यो हिस्सा १०.०१ प्रतिशत रहेको थियो ।
नेपालको कुल वैदेशिक ऋण १० खर्ब २५ अर्ब पुगिसकेको छ ।
कुल वैदेशिक ऋणमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा दुईवटा दातृ निकाय (विश्व बैङ्क र एडीबी)को रहेको । 
२०७९ असार मसान्तसम्ममा अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए)लाई नेपाल सरकारले बुझाउन बाँकी ऋण पाँच खर्ब नौ अर्ब ७० करोड पुगिसकेको छ । जुन नेपालको वैदेशिक ऋणको ४९.६९ प्रतिशत हो ।
वैदेशिक ऋण दायित्व सबैभन्दा बढी भएको बहुपक्षीय साझेदार आईडीए नै हो ।
नेपालको ऋण दायित्व सबैभन्दा धेरै भएको दोस्रो विकास साझेदार एडीबी (कुल वैदेशिक ऋणको ३०.७१ प्रतिशत) हो । 
दुईपक्षीय दातृ निकायमा नेपालका सबैभन्दा ठूला ऋण दाता क्रमशः जापान (४.७७ प्रतिशत), भारत (३.५७ प्रतिशत) र चीन (३.४४ प्रतिशत) रहेका ।
नेपालको वैदेशिक ऋणमा मुख्य साझेदारको हिस्सा 

९. फाइनान्सियल टाइम्स, बैङ्क अफ दी इयर २०२२ अवार्ड प्राप्त गर्न सफल नेपालको बैङ्क कुन हो ?
  नेपाल इन्भेस्टमेन्ट बैङ्क
१०. सरकारले कुन दशकलाई शैक्षिक सबलीकरण दशकका रूपमा घोषणा गरेको छ ?
  वि.सं. २०७६–२०८५
११. वि.सं. २०७३ पौष महिनामा सार्वजनिक दिगो विकासका लागि प्रकृति संरक्षणको राष्ट्रिय रणनीति प्रारूपको अवधि कुन हो ?
  वि.सं. २०७२–२०८७
१२. मुलुककै पहिलो फ्लाइओभर कहाँ निर्माण हुने भएको छ ? 
  ग्वार्को, ललितपुर
ललितपुरस्थित चक्रपथसँगैको ग्वार्कोचोकमा सो फ्लाइओभर निर्माण गरिने भएको । 
सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको हुने । फ्लाइओभरको कुल 
लम्बाइ ४४५ मिटर एवं उचाइ छ मिटर हुने सडक 
विभागले जनाएको । 
सो फ्लाइओभर आगामी दुई वर्षभित्र सम्पन्न गर्ने 
लक्ष्य रहेको । 
१३. बाघसम्बन्धी जानकारी समेटिएको पुस्तक ‘पाटेबाघ’का लेखक को हुन् ?
  डा. हेमसागर बराल
(बाघको ऐतिहासिक पृष्ठभूमि, बासस्थान, संरक्षणमा भइरहेका राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रयास, चुनौतीलगायतका पक्ष समेटी तयार पारिएको सो पुस्तकमा बाघलाई विचरण गर्न आवश्यक पर्ने क्षेत्र, आहारा प्रजाति, सिकार गर्ने तरिका, प्रजनन अवस्था, बाघसँगको सांस्कृतिक एवं धार्मिक महìव र यो जन्तुका अन्य आनीबानी पनि समेटिएको । 
१४. एसियाली विकास बैङ्क (एडीबी)ले नेपालका लागि कति वर्षे रणनीति (कन्ट्री पार्टनरसिप स्ट्राटेजी–सीपीएस) सार्वजनिक गरेको छ ?
पाँच वर्षे
एडीबीले नेपालसँगको सहकार्यमा सन् २०२० देखि २०२४ सम्मका लागि तयार गरेको रणनीतिले आगामी दिनमा नेपालको आर्थिक तथा सामाजिक विकासमा महìवपूर्ण योगदान पुग्ने विश्वास एडीबीको रहेको ।
खासगरी लगानी पूर्वाधार विकास, सुधारिएको सेवा र वातावरणीय दिगोपन गरी तीन क्षेत्रमा केन्द्रित सो रणनीतिले नेपालको उच्च आर्थिक वृद्धि, गरिबी निवारण, जीवनस्तर सुधारलगायतमा सहयोग पुग्ने एडीबीले जनाएको ।
सन् २०१९ अक्टोबर ११ मा बसेको बोर्ड बैठकले सो रणनीति पारित गरेको ।
१५. प्राचीन युद्ध अभ्यासको अभिनयका रूपमा पञ्चेबाजाको तालमा हतियार देखाई नाचिने नाच कुन हो ?
सरायँ नाच
खुँडा, खुकुरी, भाला, तरबारलगायतका विभिन्न घरेलु, हतियार देखाएर नाच्ने गरिएको सरायँ नाच सुरक्षाको दृष्टिकोणले हाल काठका हतियार, रुमाल, मयुरका प्वाँख, पूmलका साथ 
नाच्न थालिएको ।
यो नाच विशेषगरी गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, बाग्लुङलगायतका पहाडी जिल्लामा प्रचलनमा रहेको ।
यो क्षेत्रमा विशेषगरी विजयादशमीदेखि पूर्णिमासम्म सरायँ नाच आयोजना गर्ने गरिएको । 
१६. लोकसेवा आयोगलाई सुरुमा के नामले चिनिन्थ्यो ?
  पब्लिक सर्भिस कमिसन (वि.सं. २०१५ असार १६ देखि लोकसेवा आयोग बनाइएको ।)
१७. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’को स्थापना कहिले गरिएको हो ?
सन् २०१८ जनवरी २६
साइबर आक्रमणका घटनालाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको स्थापना गरिएको ।
सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्विट्जरल्यान्डको जेनेभामा रहेको ।
१८. नवीकरणीय ऊर्जाको विश्वव्यापी रूपमा व्यापक प्रयोग र दिगो उपयोग गर्ने उद्देश्यका साथ इन्टरनेसनल रिन्युएबल इनर्जी एजेन्सी (आइरेना)को स्थापना कहिले भएको हो ?
सन् २००९ जनवरी २९
१९. तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छे«तारालगायतका खगोलीय पिण्डहरू एवं धुलकण र ग्यासीय पदार्थको अति विशाल समूहलाई के भनिन्छ ?
  तारापुञ्ज
(सौर्यमण्डलमा रहेको तारापुञ्जलाई आकाशगङ्गा तारापुञ्ज भनिन्छ, जुन कमानी आकारको छ ।)
२०. काजकस्तानको वस्ताव फिल्म फेस्टिभल–२०२२ मा उत्कृष्ट वृत्तचित्रको अवार्ड जित्न सफल नेपाली वृत्तचित्र कुन हो ? 
  एभरेस्ट म्यान
कीर्तिमानी आरोही कामिरिता शेर्पाको साहसलाई देखाइएको वृत्तचित्र एभरेस्ट म्यानले सो अवार्ड जितेको । 
हिमालको सौन्दर्य संरक्षणमा शेर्पा समुदायले निर्वाह गर्दै आएको भूमिका र जलवायु परिवर्तनका असरबाट हिमाललाई बचाउन उनीहरूबाट भएको प्रयासलाई वृत्तचित्रमा समेटिएको । 
२१. सार्वजनिक प्रशासनलाई पर्यावरणले प्रभाव पार्छ भन्ने कुरा केसँग सम्बन्धित छ ?
  Ecology of Administration 
२२. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई सुव्यवस्थित र स्तरयुक्त गर्न एवं त्यस्ता तालिम दिने विभिन्न निकायका बीच समन्वय गर्ने तथा सीपको स्तर निर्धारण एवं प्रमाणीकरण गर्ने उद्देश्यका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको गठन कहिले गरिएको हो ?
  वि.सं. २०४५
२३. पूर्वजबाट सरेर नआएको तरपछि अकस्मात देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ ? 
  उत्परिवर्तन 
एउटै जातिका सजीवहरूको बीचमा देखा पर्ने असमानतालाई परिवृत्ति (मातापितामा भन्दा सन्तानमा देखिने केही न केही भिन्नता) भनिन्छ । 
एकै खाले वंशाणु भएर पनि फरक–फरक किसिमको वातावरणमा हुर्कंदै जाँदा विभिन्नता देखा पर्नुलाई वातावरणीय परिवृत्ति भनिन्छ ।
२४. इन्टरपोलको Motto के रहेको छ ?
  Connecting police for a safer World 
यसको स्थापना सन् १९२३ सेप्टेम्बर ७ मा भएको ।
 इन्टरपोल प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठनका रूपमा रहेको । 
यसको मुख्यालय फ्रान्सको लियोनमा रहेको ।
इन्टरपोलको सम्मेलन दुई÷दुई वर्षमा हुने प्रावधान रहेको ।
नेपाल सन् १९६७ मा इन्टपोलको सदस्य (१००औँ) बनेको ।
हाल इन्टरपोलमा १९५ सदस्य राष्ट्र रहेका ।
२५. नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता कहिले प्राप्त गरेको हो ?
सन् १९५५ डिसेम्बर १४ 
(सन् १९५५ डिसेम्बर १४ मा नेपाललगायत १६ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घको सदस्यता दिलाउने सम्बन्धमा सुरक्षा परिषद्द्वारा पारित प्रस्तावलाई प्याकेज डिल भनी चिनिन्छ ।) 
२६. चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कहिलेदेखि लागू भएको हो ?
  वि.सं. २०७५ श्रावण १
यो पद्धति लागू भएपश्चात् अनलाइन डाटामार्फत चलचित्रको आयको जानकारी सहज हुने ।
एक प्रकारको केन्द्रीकृत ई–टिकेटिङ सिस्टमका रूपमा रहेको यो पद्धति जडानको जिम्मेवारी ‘ब्रेन डिजिट इन सोलुसन’ कम्पनीलाई दिइएको ।  

Spread Your Love: